आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ३ अर्ब १० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, अनलाइन सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेको छ ।

