निर्धन उत्थान लघुवित्तको लाभांश क्षमता २९.४७% पुग्यो, इम्पेयरमेन्ट चार्ज घट्दा १२.६१ करोड नाफा आर्जन
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश क्षमता २९.४७ प्रतिशत पुगेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ५.९८ प्रतिशतले ऋणात्मक रहेको संस्थाको लाभांश क्षमता धनात्मक बनेको हो । चालु आवको पहिलो त्रैमासमा संस्थाको वितरणयोग्य मुनाफा ७६ करोड ९६ लाख रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको सोही अवधिमा भने १५ करोड ६१ लाख रुपैयाँले ऋणात्मक थियो । संस्थाले...

