सेयरकित्ता कम भएका कम्पनीको मूल्यमा तीव्र चलखेल, खेलाडीको पछिल्लो रोजाई गुराँस लघुवित्त
काठमाण्डौं । पछिल्लो समय सेयर बजार निरन्तर घटिरहे पनि केही कम्पनीका लगानीकर्ताले भने कुस्त कमाइरहेका छन् । दोस्रो बजारमा यस्तै एउटा कम्पनी छ: गुराँस लघुवित्त । पछिल्लो समय गुराँस लघुवित्तको सेयरमूल्य ह्वात्तै बढेको(बढाइएको) छ । यो कम्पनीको सेयरमूल्य तीन महिनामा बिना कुनै कारण तीन गुणाले वृद्धि भइसकेको छ । स्रोतले दिएको जानकारीअनुसार यो कम्पनीमा केही ठाटाबाठा...

