ब्रोकर हाउसहरुमा हराउन थाल्यो चार्म, सरकारको उपेक्षाले डुबेको भन्दै गुनासो गर्ने बढ्दै
काठमाण्डौ । सधैको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । ग्राउण्ड जिरोको क्रममा आज हामी नयाँ बानेश्वर र अनामनगर क्षेत्रका केही ब्रोकर हाउसहरुमा पुगेका थियौं । आज पनि बजार दिनभर जसो सामान्य अंकले मात्रै तलमाथि गरे पनि बजारमा खासै उत्साह देखिएन । आज हामी सबैभन्दा पहिले नागरिक स्टक डिलर कम्पनी (स्टक ब्रोकर नम्बर ६०) मा पुग्यौं । यहाँ...

