पिपुल्स हाईड्रोपावरले २ः१ अनुपातमा हकप्रद जारी गर्ने,साधारण सभा र बुक क्लोज मिति तय
काठमाण्डौ । पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद जारी गर्ने प्रमुख अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी चैत ३० गते शुक्रबारका दिन काठमाण्डौ बुद्धनगरमा रहेको क्वालिटी बैंक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा २ः१ अनुपातमा हकप्रद जारी...

