नेपाल लाइफ इन्स्योरेन्सद्वारा आगलागीका कारण घरविहीन भएकालाई राहत सामग्री प्रदान
TRENDING
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा ७.९९ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ७ करोड ३२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म १२ अर्ब २ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले चुक्तापुँजी वृद्धिका लागि बीमा कम्पनीहरुलाई पुनः ताकेता गरेको छ । प्राधिकरणले २०८१ असार मसान्तसम्म तोकिएको चुक्तापूँजी पुर्याउन निर्देशन दिएको छ । प्राधिकरणले चालु आवको अन्त्यसम्म चुक्तापुँजी पुर्याउन निर्देशन दिएपछि बीमा कम्पनीहरु पूँजी वृद्धि गर्न दौडधुपमा छन् । यसअघि पहिलोपट प्राधिकरणले गत आर्थिक वर्षको अन्त्यसम्म जीवन बीमा...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले घोषणा गरेर बीमा प्राधिकरणको निर्देशनपछि रद्द भएको बोनस सेयरसहितको बम्पर लाभांश प्रस्ताव सम्बन्धी प्रक्रिया अर्को आर्थिक वर्षको सुरुवातमै पुनः अगाडि बढाउने भएको छ । सिटिजन लाइफ इन्स्योरेन्सले सोमबार आईपीओ निश्कासन गर्दाताका संकलन भएको सेयर प्रिमियमबाट प्राप्त रकमबाट बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापूँजी पुर्याउने...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अन्तरिम लाभांश रद्द गरेको छ । कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि प्रस्ताव गरेको कुल २८.४०४३४६९८ प्रतिशत लाभांश रद्द गर्ने निर्णय गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश वितरणको प्रस्तावलाई बीमा प्राधिकरणले वैशाख २४ गते रद्द गर्न निर्देशन दिएको थियो । बीमा प्राधिकरणले एकै वर्ष दुईपटक...
काठमाण्डौ। सन नेपाल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा डाकेको छ । गत वैशाख १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ७ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी जेठ ९ बिहान १० बजे काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग केटरर्समा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित २३.८० प्रतिशत बोनस सेयर र १.२५२६ प्रतिशत नगद...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणको निर्देशन लत्याएर सेयर प्रिमियम रकमबाट बोनस बाँड्ने निर्णय गरेको छ । कम्पनीको बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले सेयर प्रिमियम रकमबाट बोनस बाँड्ने निर्णय गरेको हो । यसअघि नेपाल बीमा प्राधिकरणले प्रिमियममा आईपीओ जारी गरेका बीमा कम्पनीलाई आईपीओ निष्कासन गर्दा थप हुन आएको प्रिमियम रकम तत्काल नचलाई...
काठमाण्डौ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३ औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कम्पनीले वैशाख २१ र २२ गते कम्पनीको केन्द्रीय कार्यालय क्लासिक कम्प्लेक्समा उक्त निःशुल्क शिविर सञ्चालन गरेको हो । उक्त शिविरबाट करिब ५०० जनाभन्दा बढी लाभन्वित भएको कम्पनीले जनाएको छ । शिविरमा इसीजी, ईको, लिपिड प्रोफाइललगायतका विशिष्टीकृत...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले आजै मात्र घोषणा गरेको लाभांश रद्द हुने भएको छ । नेपाल बीमा प्राधिकरणले एकै वर्ष दुईपटक लाभांश घोषणा गर्न नपाउने बताउँदै लाभांश रद्द हुने जनाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्दा थप हुन आएको प्रिमियम रकमबाट २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने वैशाख २३ गते बसेको सञ्चालन समितिको बैठकले निर्णय...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्प्युटर प्रणालीका माध्यमबाट हरेक बीमालेखलाई कोडिङ् नम्बर दिने कार्य ‘बीमालेख कोडिङ्ग’ को सोमबार काठमाण्डौमा शुभारम्भ गरेका छन् ।बीमालेख कोडिङ्गको कार्यान्वनबाट प्रत्येक बीमालेखको छुट्टा–छ्ुट्टै कोडनम्बर हुने, कम्प्युटर प्रणालीबाट नै कोड नम्बर तय हुने, प्राधिकरण र बीमा कम्पनीका वेभसाइटबाट कोड...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमाल, पहाड र तराई मधेशका आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।नेपाल बीमा प्राधिकरणले डिजिटल बीमालेख मार्गदर्शन जारी गर्न लागेको सन्दर्भमा आइतबार काठमाण्डौमा आयोजित डिजिटल बीमालेख सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो । बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी ३ अर्ब ९३ करोड रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस सेयर र १.४२०२२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २८.४०४३४६९८ प्रतिशत...
काठमाण्डौ। बीमा कम्पनीहरुमा सर्वाधिक लाभांश बाँडेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीहरुसँगै कर्मचारीलाई समेत मख्ख बनाएको छ । कम्पनीले गत आर्थिक वर्षमा आफ्ना कर्मचारीहरुलाई ४ करोड ९३ लाख रुपैयाँ बोनस वितरण गरेको छ । यो बोनस अघिल्लो आर्थिक वर्षको तुलनामा १५७.७९ प्रतिशतले बढी हो । आव २०७८/७९ मा कम्पनीले कर्मचारीलाई १ करोड ९१ लाख रुपैयाँ मात्रै बोनस वितरण गरेको थियो ।...
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत २ अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क भित्र्याएका छन् । वैदेशिक रोजगार बीमालेख बिक्री गर्दै आएका १० जीवन बीमकले चालु आवको तेस्रो त्रैमाससम्म २ अर्ब २८ करोड ३८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । जीवन बीमा कम्पनीहरुको यस्तो व्यवसाय गत आवको तुलनामा ७.८९ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म कम्पनीहरुले...
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले वैशाख २२ गते शनिबार काठमाण्डौमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । क्याफ्टीङ लिडरसिप कार्यक्रममा काठमाण्डौ उपत्यकामा रहेका ७ सय भन्दा बढी अभिकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत...
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ । वैशाख २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश संशोधन गरेको हो ।कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट नगद लाभांश घोषणा गरेको देखिएकाले हाललाई कर प्रयोजनका लागि बाहेक अन्य कुनै पनि नगद लाभांश घोषणा नगर्न बीमा प्राधिकरणले निर्देशन दिएकाले लाभांश संसोधन गरेको हो । कम्पनीले लाभांश संशोधन...
काठमाण्डौ । नेपाल इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आयोजना हुने स्थान परिवर्तन गरेको छ । कम्पनीले विशेष साधारण सभाको स्थल कारणवश परिवर्तन गर्दै भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डमा सभा आयोजना गर्ने निर्णय गरेको छ । कम्पनीको गत वैशाख १८ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि उक्त सभा नेपाल पज्ञा प्रतिष्ठानमा आयोजना गर्ने निर्णय गरेको थियो । उक्त सभा पूर्व...
काठमाण्डौ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३ औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ ।यस अवसरमा कम्पनीले देशको १२ स्थानबाट रक्तदान कार्यक्रम, १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू सञ्चालन गरेको हो।यस अवसरमा कम्पनीले रक्तदान कार्यक्रममार्फत...
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीेको साधारण सभा आज वैशाख २१ गते विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो । साधारण सभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए । उक्त सभामा कम्पनीका सञ्चालकहरु, सेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृत, व्यस्थापनका...
काठमाण्डौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकहरुको भेला कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको उक्त कार्यक्रम चितवनस्थित मचान कन्ट्री भिल्लामा सम्पन्न भएको हो । कम्पनीले आफ्नो अभिकर्ता तथा शाखा प्रबन्धकरुलाई राखेको व्यवसायीक लक्ष्य प्राप्त गर्न सफल ६० भन्दा बढी अभिकर्ता तथा शाखा प्रबन्धकहरुको उक्त समारोहमा उपस्थित भएका थिए...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.