कृषि, शिक्षा र स्वास्थ्यमा सुधार जरुरी !
जनमत
TRENDING
काठमाण्डौँ । वर्षायाम शुरु भएसँगै सुनकोशी नदीमा पानीको सतह बढेपछि फोक्सिङटार र बङ्शिलाघाटमा राखिएका अस्थायी बेलिब्रिज हटाइएको छ ।बेलिब्रिज निकालिएसँगै खोटाङ जिल्लाको पूर्वी तराईसँग रहेको प्रत्यक्ष सडक सम्पर्क फेरि अवरुद्ध बनेको छ ।
काठमाण्डौँ । सरकारले आगामी दशकभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारेको भएपनि त्यसको कार्यान्वयनका लागि विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुलाउनु अपरिहार्य रहेको ऊर्जा क्षेत्रका सरोकारवालाले बताएका छन् । निजी क्षेत्रका ऊर्जा उत्पादकहरूका अनुसार स्पष्ट नीति, प्रसारण पूर्वाधार र लगानीमैत्री वातावरणबिना सरकारले तय गरेको...
काठमाण्डौँ । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा पुनः तीव्र वृद्धि देखिएको छ ।विश्व बैंकले सार्वजनिक गरेको रासायनिक मल मूल्य सूचकांकअनुसार सन् २०२६ को पहिलो त्रैमासमा मलको औसत मूल्य १२ प्रतिशतले बढेको छ ।
काठमाण्डू, पार्टीको ११औँ महाधिवेशनपछि थाँती रहेका संगठनात्मक निर्णयहरूलाई निष्कर्षमा पुर्याउने उद्देश्यसहित नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । अध्यक्ष केपी ओलीको निजी निवास भक्तपुरको गुण्डुमा दिउँसो १ बजे बैठक शुरु हुने बैठकमा महाधिवेशन सम्पन्न भएको लामो समय बितिसक्दा पनि पार्टीभित्र नेताहरूको जिम्मेवारी स्पष्ट रूपमा विभाजन हुन नसकेको...
काठमाण्डौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आज बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरु हुने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा सरकार आगामी बजेट सार्वजनिक गर्ने तयारीमा रहेका बेला संसद्मा हुन लागेको यो छलफललाई बजेट अधिवेशनको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ ।
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको विनिमयदरअनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर स्थिर अवस्थामा देखिएको छ ।
काठमाण्डौं । सङ्घीय संसद्अन्तर्गतको माथिल्लो सदन राष्ट्रियसभाले सरकारले जारी गरेका आठवटै अध्यादेशमाथि यसै साता निर्णय प्रक्रिया अघि बढाउने गरी सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रियसभामा सत्तारूढ गठबन्धनको स्पष्ट बहुमत नरहेको र प्रमुख प्रतिपक्षी दलहरूले अध्यादेशविरुद्ध अस्वीकार प्रस्ताव दर्ता गराइसकेको अवस्थामा अध्यादेशलाई निर्णयार्थ पेस गर्ने...
काठमाण्डौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ ।
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थतन्त्रको संरचनागत रूपान्तरण गर्न निजी क्षेत्रले सरकारमाथि तीव्र दबाब बढाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष प्रस्तुत गरेको सुझावपत्रमा अहिलेको रेमिट्यान्स र आयातमा आधारित आर्थिक मोडलले दीर्घकालीन समृद्धि दिन नसक्ने भन्दै उत्पादन, लगानी र रोजगारी केन्द्रित...
डा. रमेश पौडेल
काठमाण्डौं । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा विरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी दर्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार ती उजुरीहरू शनिबार साँझसम्म विभिन्न व्यक्ति तथा सरोकारवाला निकायबाट प्राप्त भएका हुन्।
काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ । संघले सोमबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।जेठ ३ गते बसेको संघको भुर्चअल बैठकमा अण्डा उत्पादकहरुको राय परमार्श र सिफारिस अनुसार चितवनलाई आधारमानि अण्डाको फार्म समर्थन मूल्य निर्धारण गरिएको हो ।
काठमाण्डौं । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा बनेका ७५१ घरटहरा हटाएपछि सुकुम्बासी व्यवस्थापन, राज्यको भूमि नीति र मानवीय अधिकारबारे देशव्यापी बहस शुरु भएको छ। कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान आसपासका बस्तीमा चार दिनसम्म डोजर अभियान सञ्चालन गरी संरचना हटाइएको थियो ।
काठमाण्डौं । मधेश प्रदेशमा लामो समयदेखि सामाजिक तथा आर्थिक संकटको रूपमा देखिएको मिटरब्याज समस्याविरुद्ध धनुषाका पीडितहरू पुनः सडकमा उत्रिएका छन्। विभिन्न माग राख्दै मिटरब्याजपीडितहरूले आइतबारदेखि जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि अनिश्चितकालीन आन्दोलन सुरु गरेका हुन्।
काठमाण्डौ । वैशाख महिनामा घरजग्गा कारोबार वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत महिना देशभर घरजग्गा कारोबारबाट सरकारले ६ अर्ब २६ करोड ३८ लाख रुपैयाँबराबरको राजश्व संकलन गरेको छ ।अघिल्लो वर्षको सोही अवधिसम्म भने सरकारले घरजग्गा कारोबारमार्फत ४ अर्ब ५४ करोड २२ लाख रुपैयाँ राजश्व उठाएको थियो ।
काठमाण्डौं । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बाससँग कर्णाली प्रदेशको कृषि आधुनिकीकरण, रैथाने बालीको अन्तर्राष्ट्रिय बजारीकरण तथा बहुमूल्य जडिबुटी प्रवर्द्धनका विषयमा विस्तृत छलफल भएको छ।कर्णालीका युवा कृषिविद् तथा कृषिमा स्नातकोत्तर अध्ययनरत आशीष देवकोटाले कर्णाली प्रदेशको कृषि, पर्यटन र प्राकृतिक स्रोतको विशाल सम्भावनाबारे राजदूतसमक्ष प्रस्तुति दिएका...
काठमाण्डौ । कुवेत एयरवेजले नेपालका लागि आफ्नो नियमित उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ । इरान र अमेरिकाबीचको तनावका कारण केही महिनादेखि स्थगित रहेको सेवा आगामी मंगलबारदेखि पुनः सुरु हुन लागेको हो ।एयरलाइन्सका अनुसार अबदेखि प्रत्येक मंगलबार र बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतका लागि नियमित उडान सञ्चालन गरिनेछ । कम्पनीले यसपटक ठूलो क्षमताको ए३३०–८००...
काठमाण्डौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार नेकपा एमालेको औपचारिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएकी छिन्। मदन भण्डारीको ३३औँ स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा उनको उपस्थितिले पार्टीभित्रको राजनीतिक सम्बन्ध र आगामी समीकरणबारे नयाँ बहस शुरु गराएको छ।
काठमाण्डौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लामो समयदेखि ढिलाइ र समस्याग्रस्त बनेको नारायणघाट–बुटवल सडकखण्ड विस्तार आयोजना अब अन्तिम चरणमा पुगेको छ। सडक विभागका अनुसार आयोजनाको भौतिक प्रगति करिब ९१ प्रतिशत पूरा भएको छ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.