बिहीबार, बैशाख २४,२०८३ 01:24:47
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 01:24:47
६ महिनामा रु.१०.६२ खर्ब रेमिट्यान्स भित्रियो
NEWS

६ महिनामा रु.१०.६२ खर्ब रेमिट्यान्स भित्रियो

काठमाण्डौ । चालु आर्थिक वर्षको ६ महिनासम्ममा साढे १० खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार ३९.१० प्रतिशतले बढेर १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स ४.२ प्रतिशतले बढेको थियो । पुस महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रहको छ । 

निर्यात र आयात दुवै बढ्यो, व्यापार घाटा करिब ८ खर्ब पुग्यो
NEWS

निर्यात र आयात दुवै बढ्यो, व्यापार घाटा करिब ८ खर्ब पुग्यो

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा कुल वस्तु निर्यात ४३.८ प्रतिशतले वृद्धि भई रु.१ खर्ब ४२ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको थियो ।गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ५७.० प्रतिशत र १०.७ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ६६.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल,...

झापामा मतदातासँग ‘कसलाई भोट दिनुहुन्छ ?’ भनेर प्रश्न सोध्न रोक
ECONOMY& POLITICS

झापामा मतदातासँग ‘कसलाई भोट दिनुहुन्छ ?’ भनेर प्रश्न सोध्न रोक

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय झापाले मतदातासँग कुन दल, उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्ने भन्ने विषयमा प्रश्न गर्न नपाइने निर्णय गरेको छ।सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईंद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले मतदातासँग यस प्रकारका प्रश्न सोधेर...

घुस मागेको आरोपमा त्रिभुवन विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ
NEWS

घुस मागेको आरोपमा त्रिभुवन विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

काठमाण्डौ । कुरियरमार्फत विदेशमा सामान पठाउने प्रक्रियामा सेवाग्राहीसँग घुस मागिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृतसहित तीन कर्मचारी पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले भन्सार अधिकृत इन्द्र न्यौपाने, भन्सार कार्यालयका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र गोश्वारा...

राष्ट्रपति पौडेल जापान भ्रमणमा
ECONOMY& POLITICS

राष्ट्रपति पौडेल जापान भ्रमणमा

काठमाण्डौ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन्। जापान सरकारको औपचारिक निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा सहभागी भएका हुन् ।राष्ट्रपति...

विश्वव्यापी लेखा र फाइनान्समा बाहिरी स्रोतको सेवा विषयक सम्मेलन सम्पन्न
NEWS

विश्वव्यापी लेखा र फाइनान्समा बाहिरी स्रोतको सेवा विषयक सम्मेलन सम्पन्न

काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)को २९औं वार्षिकोत्सवको अवसरमा शनिबार काठमाण्डौमा Global Accounting & Finance Outsourcing विषयक सम्मेलन सम्पन्न भएको छ ।‘विश्वव्यापी लेखा तथा वित्तीय आउटसोर्सिङः प्रवृत्ति, क्षेत्रीय दृष्टिकोण र उदीयमान विश्वव्यापी अवसरहरू’ विषयक पहिलो सत्रमा सरकारको स्थायित्व, व्यवसाय गर्न सहजता, भाषिक दक्षता, विशेष योग्यताको गहिराइ, पेसागत दक्षता...

नाफिज  बहसः  अर्थशास्त्री र निजी क्षेत्रले खोजेको चुनावी ‘ब्लुप्रिन्ट’
NEWS

नाफिज बहसः अर्थशास्त्री र निजी क्षेत्रले खोजेको चुनावी ‘ब्लुप्रिन्ट’

काठमाण्डौ । ‘जेनजी’ आन्दोलनको रापताप र आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभाको निर्वाचनको पृष्ठभूमिमा नेपालका राजनीतिक दलहरू नयाँ घोषणापत्र निर्माणको दबाबमा छन् । यसपटकको निर्वाचनमा विगतको जस्तो केवल राजनीतिक अधिकार र व्यवस्था परिवर्तनका नाराले मात्र नपुग्ने सङ्केत देखिएको छ ।नेपाल आर्थिक पत्रकार सङ्घ ९नाफिज० ले आइतबार आयोजना गरेको ‘दलका घोषणापत्रमा...

जनवरीमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७% ले वृद्धि
TOURISM

जनवरीमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७% ले वृद्धि

काठमाण्डौ । सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार देखिएको छ । नेपाल भित्रिने अन्तर्राष्ट्रिय आगन्तुकको संख्या ९२ हजार ५७३ पुगेको छ, जुन सन् २०२५ को जनवरीको तुलनामा १५।७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीपूर्व सन् २०१९ को जनवरी महिनासँग तुलना गर्दा पनि यो संख्या १४ प्रतिशतले बढी रहेको पर्यटन बोर्डले जनाएको छ ।सन् २०२६ को पहिलो महिनाको तथ्यांक...

इरानमा रहेका नेपालीलाई छिटो फर्कन र जान लागेकाले भ्रमण स्थगित गर्न ट्राभल एड्भाइजरी जारी
NEWS

इरानमा रहेका नेपालीलाई छिटो फर्कन र जान लागेकाले भ्रमण स्थगित गर्न ट्राभल एड्भाइजरी जारी

 काठमाण्डौ । अमेरिका र इरानबीचको बढ्दो तनावका बीच नेपाल सरकारले इरान भ्रमण गर्ने योजना बनाएका वा हाल त्यहाँ रहेका नेपाली नागरिकका लागि ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार, इरानमा रहेका नेपालीले सकेसम्म छिटो स्वदेश फर्किनुपर्ने सल्लाह दिइएको छ भने नयाँ यात्राको योजना तत्काल स्थगित गर्न भनिएको छ।

भारतले बढायो नेपाललाई दिदैँ आएको आर्थिक सहयोग, १२ अर्ब ८० करोड दिने
NEWS

भारतले बढायो नेपाललाई दिदैँ आएको आर्थिक सहयोग, १२ अर्ब ८० करोड दिने

काठमाण्डौ । भारत सरकारले आर्थिक वर्ष २०२६/२७ का लागि नेपाललाई १२ अर्ब ८० करोड रुपैयाँ अर्थात ८ अर्ब भारुबराबरको वार्षिक आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

१४१ जना चार्टर्ड एकाउन्टेन्ट दिक्षीत
NEWS

१४१ जना चार्टर्ड एकाउन्टेन्ट दिक्षीत

काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को आठौं दीक्षान्त समारोह शुक्रबार काठमाण्डौमा सम्पन्न भएको छ । महालेखापरीक्षक तोयम राया प्रमुख अतिथि र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ विशिष्ट अतिथि रहनुभएको उक्त समारोहमा १४१ जना चार्टर्ड एकाउन्टेन्स् दीक्षित भएका छन् ।दीक्षित चार्टर्ड एकाउन्टेन्टहरूलाई प्रमुख अतिथि रायाले दीक्षान्त...

नेपाल सेल्स मिसन कोलकताः व्यापारिक साझेदारी विस्तार र पर्यटक आगमन बढाउन जोड
TOURISM

नेपाल सेल्स मिसन कोलकताः व्यापारिक साझेदारी विस्तार र पर्यटक आगमन बढाउन जोड

काठमाण्डौ। पश्चिम बंगालबाट नेपालतर्फ पर्यटक आगमन बढाउने र पर्यटन व्यापारिक साझेदारीलाई थप सुदृढ बनाउने लक्ष्यसहित कोलकातामा आयोजित नेपाल सेल्स मिसन सफलतापूर्वक सम्पन्न भएको छ । मिसनका क्रममा भएको बी–टु–बी नेटवर्किङ कार्यक्रममा पश्चिम बंगालका अग्रणी ट्राभल तथा टुर अपरेटर, पर्यटन व्यवसायी, सञ्चारकर्मी र कूटनीतिक समुदायका प्रतिनिधिसहित करिब २०० जनाको सहभागिता रहेको...

घोषणापत्रमा निजी क्षेत्रमैत्री नीति समेट्न महासंघको आग्रह
ECONOMY& POLITICS

घोषणापत्रमा निजी क्षेत्रमैत्री नीति समेट्न महासंघको आग्रह

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आसन्न निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरूले तयार गर्ने घोषणापत्रमा निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र मनोबल अभिवृद्धिसम्बन्धी स्पष्ट नीति समेट्न आग्रह गरेको छ ।महासंघद्वारा शनिबार आयोजित ‘घोषणापत्रमा निजी क्षेत्र’ विषयक पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र उपेक्षित हुँदा...

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि, पेट्रोल र ग्यासको यथावत्
NEWS

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि, पेट्रोल र ग्यासको यथावत्

काठमाण्डौ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार बढेको मूल्य माघ १७ गतेको मध्यरातदेखि लागू हुने निगमले जनाएको छ।मूल्य समायोजनपछि डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३६.५० रुपैयाँ , दोस्रो वर्गका लागि १३८ रुपैयाँ र तेस्रो वर्गका लागि १३९ रुपैयाँ कायम भएको छ।...

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल
NEWS

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाण्डौ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८÷८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ ।मन्त्रालयले बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन, कानुनी सुधार, वित्तीय सङ्घीयता, वित्तीय क्षेत्र सुधार, योजना–अनुगमन र प्रशासनिक व्यवस्थापनसम्बन्धी विस्तृत प्रगति विवरण सार्वजनिक गर्दै राज्यकोष व्यवस्थापन, निर्वाचन खर्च, राजस्व प्रशासन...

वैदेशिक रोजगारीमा दक्ष श्रमिकको सङ्ख्या घट्दो, अदक्ष कामदार बढ्दै
NEWS

वैदेशिक रोजगारीमा दक्ष श्रमिकको सङ्ख्या घट्दो, अदक्ष कामदार बढ्दै

काठमाण्डौ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमध्ये दक्ष श्रमिकको अनुपात घट्दै गएको तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जाने श्रमिकमध्ये दक्ष श्रमिकको संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम भएको छ ।विभागको तथ्याङ्कअनुसार चालु आवको पहिलो छ महिनामा ४ लाख २ हजार ७४ जनाले वैदेशिक...

सरकारले गर्यो यी ९ कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
NEWS

सरकारले गर्यो यी ९ कम्पनीलाई कालो सूचीमा राख्ने तयारी

काठमाण्डौ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मेवारी समयमै पूरा नगर्ने नौवटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ।कार्यालयले विभिन्न निकायबाट प्राप्त विवरणको आधारमा ती कम्पनीहरूलाई लिखित स्पष्टीकरण पेश गर्न सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्र निर्देशन दिएको छ। यस प्रक्रियाले कम्पनीहरूले आफ्नो पक्ष...

बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
NEWS

बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस, २०८२ को अवसरमा ‘सम्पत्ति शुद्धीकरण निवारण, पारदर्शिता र वित्तीय सुशासन’ भन्ने नारासहित बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ तथा यससँग...

गोरखापत्र संस्थानमा ९१ जनाका लागि रोजगारी अवसर, नवौं तहदेखि दोस्रो तहसम्म आवेदन खुला
NEWS

गोरखापत्र संस्थानमा ९१ जनाका लागि रोजगारी अवसर, नवौं तहदेखि दोस्रो तहसम्म आवेदन खुला

काठमाण्डौ । राज्य स्वामित्वको सञ्चार संस्थान गोरखापत्र संस्थानले विभिन्न तहका ९१ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। संस्थानले शुक्रबार सूचना प्रकाशित गर्दै नवौं तहदेखि दोस्रो तहसम्मका प्राविधिक, प्रशासनिक तथा व्यवस्थापकीय पदमा जनशक्ति माग गरेको हो।सूचनाअनुसार संस्थानले एक जना नायब कार्यकारी सम्पादकसहित नेपाली तथा अंग्रेजी समूहमा १६ जना समाचारदाता,...

आज देशका यी भागमा छ हिमपात र वर्षाको सम्भावना
NEWS

आज देशका यी भागमा छ हिमपात र वर्षाको सम्भावना

काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। सुदूरपश्चिम प्रदेश लागायत गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍(भागमा  साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ छ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.