नेपाल पुनर्बीमा कम्पनीले ५% लाभांश पारित गर्न डाक्यो साधारण सभा
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। वैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको नवौं वार्षिक साधारण सभा आह्वान गरेको हो। बैठकले आगामी जेठ १७ गते बिहीबारका दिन तीनकुने काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनु्पम फूडल्याण्ड एण्ड ब्याङक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा...