कुमारी बैंकको ३.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिने, न्यूनतम प्रतिकित्ता मूल्य रु.१००
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राख्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख १४ हजार १४० कित्ता संस्थापक सेयर जेद्ध ४ गतेदेखि बिक्रीमा राख्न लागेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक लगायत अन्य व्यक्ति,फर्म,संगठित संस्था तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन्...