ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ८ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनी दिलिप घलेले उक्त सेयर बिक्री गर्ने इच्छा राखी निवेदन दिएकाले आवश्यक प्रक्रिया पुऱ्याई बिक्री वितरण गर्ने निर्णय भएको संस्थाले जनाएको छ ।