कारोबारसँगै सूचक पनि बढ्यो, जानकार भन्छन्, ‘स्मार्ट मनिको इन्ट्री सुरु’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.८० प्रतिशत अर्थात २२.१४ अंकले बढेर २ हजार ७६०.२१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७४ प्रतिशतले बढेर ४९०.७२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा स्क्रिप्टको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर ११...