कालिका लघुवित्तको नाफा १३४% ले वृद्धि, वितरणयोग्य मुनाफा ३.४४ करोड
काठमाण्डौ । कालिका लघुवित्तले नाफामा आकर्षक वृद्धि गरेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्ममा ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवमा संस्थाले आर्जन गरेको २ करोड ६९ लाख रुपैयाँको तुलनामा १३४.०२ प्रतिशतले बढी हो । संस्थाको खुद ब्याज आम्दानी भने ०.५४ प्रतिशत मात्रै बढेर २५ करोड ५० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यो रकम २५ करोड ३६ लाख रुपैयाँ थियो ।...