लगानीकर्ताको आकर्षण बढ्दा नेपाल पुनर्बीमाबाट संस्थागत लगानीकर्ता भने धमाधम बाहिरिदैँ, किन बेच्दैछन् सेयर ?
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा केही समययता दुई स्वदेशी पुनर्बीमा कम्पनीको निकै चर्चा छ । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा र निजी लगानीको हिमालयन रि इन्स्योरेन्स पछिल्लो समय लगानीकर्ताको आँखामा परेका छन् । हिमालयन रि इन्स्योरेन्सको सेयर दोस्रो बजारमा सूचीकृत भएसँगै नेपाल पुनर्बीमाको सेयर पनि चर्चामा आएको छ । केही लगानीकर्ताहरुले दुई पुनर्बीमा कम्पनीलाई तुलना...