सपोर्ट लघुवित्तको १३% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । संस्थाले गत चैत १७ गते सम्पन्न संस्थाको नवौं वार्षिक साधारण सभाबाट पारित भएको १३ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङमा...