ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन्,‘करोडको लगानी आधा भयो, अघिल्लो बुलले सिकाएको पाठबाट अब कमाउने हो’
काठमाण्डौ । आज हामी नियमित स्तम्भ ग्राउण्ड जिरोको सिलसिलामा राजधानीका केही ब्रोकर हाउसहरुमा पुगेका थियौं । लगानीकर्ताहरुको विचार सुन्ने क्रममा आज हामी बिहान ११ बज्दा नबज्दै कमलादीस्थित मल्ल एण्ड मल्ल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ११) पुगेका थियौं । यहाँ लगानीकर्ताहरु ठूलै संख्यामा उपस्थित थिए । विहानको सुरुवाती सत्रमा बजार राम्रै अंकले बढिरहेको थियो । बढेको बजार...