सगरमाथा जलविद्युतद्वारा लाभांश घोषणा, साधारण सभा समेत आह्वान
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।