रिलायन्स फाइनान्सले डाक्यो साधारण सभा, भेन्चर क्यापिटलमा लगानी गर्ने र मर्जरमा जाने मुख्य अजेण्डा
काठमाण्डौ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले १४ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी भदौ २० गते काठमाण्डौ बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेटमा बिहान ११ बजे सभा आायेजना गर्ने निर्णय गरेको छ । उक्त सभामा पीईभीसी (भेन्चर क्यापिटल) तथा सामूहिक लगानी कोषको संस्थापक...