हाथवे इन्भेष्टमेन्टका दुई संस्थापकले बेच्दै ६.८५ लाख कित्ता सेयर
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका दुई संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ठूलो परिमाणको सेयर बिक्री गर्ने भएका छन्।कम्पनीका संस्थापक सेयरधनी सुमित प्रधान र मनिष ढकालले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न चाहेको जानकारी कम्पनीलाई गराएका हुन्। सोहीबमोजिम कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई समेत जानकारी गराएको छ।

