नेप्सेका कर्मचारी ३४ दिनदेखि आन्दोलनमा
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का कर्मचारी विगत ३४ दिनदेखि आन्दोलनमा छन्। बोनसको विषय र नेप्सेका सीईओ र अध्यक्षको राजिनामा माग राख्दै उनीहरू आन्दोलनमा छन् । यद्यपी उनीहरुले कार्यालयले दिने सेवा प्रवाह सुचारु नै राखेका छन् । नेप्सेका कर्मचारीले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन्।

