न्यादी हाईड्रोपावर १५.११ करोड घाटामा, ईपीएस १३.४४ रुपैयाँले ऋणात्मक
काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेड १५ करोड ११ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको हो । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४.९० प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको घाटा १५ करोड ८९ लाख रुपैयाँ थियो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४३ करोड ४९ लाख रुपैयाँ...

