शतप्रतिशत हकप्रद जारी गर्ने नेपाल वेयरहाउजिङको निर्णय
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीको असोज १४ गते दिनको ४ बजे बसेको सञ्चालक समितिको ६३ औं बैठकले हाल हकप्रद जारी गर्ने निर्णय गरेको हो । बैठकले हाल कायम रहेको चुक्तापूँजी ६८ करोड ७५ लाख रुपैयाँको शतप्रतिशत अर्थात एक बराबर एक सेयरको अनुपातमा हकपद्र सेयर जारी गर्ने निर्णय गरेको हो ।