उच्च कारोबारसहित नेप्सेमा उछाल, जानकार भन्छन्,‘सरकारप्रति बढेको विश्वासका कारण बजारले नकारात्मक विषय पचाईसक्यो’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ३.४१ प्रतिशत अर्थात ९४.५३ अंकले बढेर २ हजार ८६०.९१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.७६ प्रतिशतले बढेर ५०१.९१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको ६ करोड १ लाख ३१ हजार ६४६ कित्ता...