शनिबार, फाल्गुन १०,२०८१ 10:06:39
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:06:39
IME remit
Global IME Bank Limited

माछापुच्छ्रे बैंकद्वारा विभिन्न प्रदेशका सरकारी विद्यालयलाई सहयोग गर्न सम्झौता

Hyundai Nepal
माछापुच्छ्रे बैंकद्वारा विभिन्न प्रदेशका सरकारी विद्यालयलाई सहयोग गर्न सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । माछापुच्छ्रे बैंकले विभिन्न प्रदेशका सरकारी विद्यालयलाई सहयोग गर्ने भएको छ ।

कम्पनीले आफ्नो सामाजिकउत्तरदायित्व अन्तरगत बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरुलाई आवश्यकपूर्वाधार निर्माणमा सघाउने भएको छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

कम्पनीले कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित शारदा नगरपालिका- १५मा रहेको श्री त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार निर्माण गर्न र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको गोदावरी नगरपालिका- ६स्थित श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न दुबै विद्यालयसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

त्यसैगरि, कम्पनीले बाग्मतीप्रदेशको कामनपा ४ स्थित पञ्चकन्या आधारभुत विद्यालयलाई आवश्यक सभाहलको निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।  

विद्यालय सञ्चालनका लागि अतिआवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको भन्ने जानकारी पाएपश्चात कम्पनीले ती दुई सरकारी विद्यालयहरुको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गर्ने निर्णय गरेको बताएको छ ।

विद्यालयको पुर्वाधारनिर्माण गर्ने सम्बन्धि सम्झौतापत्रमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिको तर्फबाट अध्यक्ष तथा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम कम्पनीले श्री त्रिभुवन जन माध्यामिक विद्यालय परिसरमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार र श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गरी हस्तान्तरण गर्नेछ ।  

यसैगरी, कम्पनीले कामनपाको नमूना विद्यालयको वर्गिकरणमा परेको पञ्चकन्या आधारभूत विद्यालयमा सभाहलको निर्माण गर्ने निणर्य गरेको छ ।  

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता,दिगो विकासलगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.