बुधबार, आश्विन २८,२०८३ 03:16:18
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 03:16:18
Bizshala
Global IME Bank Limited

माछापुच्छ्रे बैंकद्वारा पोखराको पुष्करणी परोपकार गोकुलधाम र बाग्लुङको बसन्त माविलाई सहयोग

Bizshala
माछापुच्छ्रे बैंकद्वारा पोखराको पुष्करणी परोपकार गोकुलधाम र बाग्लुङको बसन्त माविलाई सहयोग
New Office

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत गण्डकी प्रदेशका विभिन्न संघसंस्थाहरुलाई सहयोग गरेको छ ।  

बैंकले गण्डकी प्रदेशको कास्की जिल्लास्थित पोखरा महानगरपालिका १४, बाच्छीडुवामा सञ्चालित पुष्करणी परोपकार गोकुलधामलाई सडकमा जथाभावी छोडिएका पशुचौपाया र विशेषगरी नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण एवम् व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

छाडा पशुचौपायाको व्यवस्थापनले सडकमा हुने विभिन्न प्रकारका दुर्घटना न्यूनिकरण हुनुका साथै सडकमा छोडिएका पशुचौपायाको जीवन रक्षाका लागि बैंकले सो सहयोग गरेको हो।  

असार ४ गते मंगलबारका दिन आयोजित कार्यक्रमका बीच माछापुच्छ्रे बैंक सञ्चालक समितिका अध्यक्ष रोशन केसीले पुष्करणी परोपकार गोकुलधामलाई उक्त आर्थिक सहयोग प्रदान गरेका थिए ।  

यसैगरी, बैंकले बाग्लुङ्ग जिल्लास्थित जैमीनी नगरपालिकाको छिस्तीमा रहेको बसन्त माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि सहयोग गरेको छ ।  

आर्थिक स्रोतको अभावका कारण निर्माणाधीन विद्यालय भवनको निर्माण कार्यमा अवरोध आइरहेको जानकारीमा आएपछि बैंकले उक्त विद्यालयको निर्माणाधीन भवनको निर्माण कार्य सम्पन्न गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।  

असार ५ गते बुधबारका दिन बैंक सञ्चालक समिति सदस्य बन्दना केसी तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा उक्त पूर्वाधार बिद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए ।  

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X