नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्,‘करको विषयले घट्यो बजार’
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.८९ प्रतिशत अर्थात १८.७६ अंकले घटेर २०७६.४९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ प्रतिशतले घटेर ३६७.२० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा कम्पनीको ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड...

