कालिञ्चोक दर्शनको ४९.४१ लाख कित्ता सेयरको लक इन अवधि भोलि समाप्त हुँदै
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडको ४९ लाख कित्ता बढी सेयरको लक इन अवधि भोलि अर्थात माघ १७ गते समाप्त हुने भएको छ । कम्पनीको कुल ४९ लाख ४१ हजार ६ सय कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।

