जीवन बीमा कम्पनीहरुमा रु.१४.५० अर्बको बीमा पोलिसी सरेण्डर, कुन कम्पनीबाट कति ?
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुबाट गत आर्थिक वर्षमा साढे १४ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी समर्पण (सरेण्डर) भएको छ । नेपाल बीमा प्रााधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०८०/८१ को अन्त्यसम्म कुल १ लाख १३ हजार ९७६ जना बीमितबाट १४ अर्ब ५० करोड १२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको हो । पछिल्लो समय जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी त्याग गर्नेको संख्या बढ्दो छ...

