बीमा कम्पनीहरुलाई नाफा बाँड्न सहज, ७ क्षेत्रमा लगानी गर्दा छोटो अवधिमै जोखिम व्यवस्था गर्न नपर्ने
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई मुनाफा (लाभांश) वितरणमा सहज बनाई दिएको छ । प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन, २०८० को पहिलो संशोधन गरेको छ । बीमा कम्पनीहरुले दीर्घकालिन लगानीका क्षेत्र जलविद्युत तथा सौर्य उर्जा, पर्यटन तथा वायुसेवा क्षेत्र, कृषि, केवलकार, शिक्षा तथा स्वास्थ्य, घरजग्गा...

