आगामी आ.ब.को बजेट तर्जुमा मार्गदर्शन: अबण्डामा बजेट प्रस्ताव गर्न रोक
काठमाण्डौ । सीमित स्रोत र अत्यन्त धेरै दायीत्वको चेपुवाबाट गुज्रिरहेको अर्थमन्त्रालयले अबण्डा(बजेट शीर्षक नखुलाई एकमुष्ट बजेट राख्ने प्रवृति)मा कुनै पनि बजेट प्रस्ताव नगर्न निर्देशन दिएको छ । मन्त्रालयहरुले बजेट तर्जुमा गर्दा अबण्डामा बजेट राख्ने प्रवृति मौलाउँदै गएपछि त्यसलाई रोक्न अर्थमन्त्रालयले सम्बद्ध सबैलाई यस्तो मार्गदर्शन जारी गरेको हो ।