बीभत्स दृश्य र तस्बिर सम्प्रेषणमा पूर्ण रोक, पत्रकार आचारसंहिता कडा गरिँदै
काठमाण्डौ । पत्रकार आचारसंहिता अनुसार अब उप्रान्त बीभत्स दृश्य तथा तस्बिरहरूको सम्प्रेषणमा पूर्ण रोक लगाइएको छ। पत्रकारिताको मर्यादा र सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै शव, क्षतविक्षत अङ्ग तथा रक्ताम्मे दृश्यहरू प्रसारण वा प्रकाशन गर्न नपाइने व्यवस्था गरिएको हो।

