एलआइसी नेपालको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आइएमई लाइफ
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३० कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ६४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये होटल तथा पर्यटन समूह बाहेक सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै...