सोपान फर्मास्युटिकल्सको २.९६ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडले संस्थापक समूहको अवितरित हकप्रद सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि २ लाख ९६ हजार १२२ कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरु साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।