नेप्से परिसूचक २८ सय विन्दु नजिक, १ महिनामै ७३६ अंकको उछाल
काठमाण्डौ । नेप्से परिसूचकले २८ सय विन्दु नजिक पुगेको छ । आज कारोबार खुलेको साढे २ घण्टामा नेप्से परिसूचक ३.४४ प्रतिशत अर्थात ९२.८९ अंकले बढेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २ हजार ७८९.५५ विन्दुमा पुगेको छ । नेप्सेमा ३ करोड ३३ लाख ४८ हजार ४२३ कित्ता सेयर १४ अर्ब ५४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज कारोबार भएका २१८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने २१ वटाको...