दोहोरो अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘ लगानीको सिजन सुरु भयो’
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.७३ प्रतिशत अर्थात १५.७९ अंकले बढेर २ हजार १५२.१४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९२ प्रतिशतले बढेर ३८०.९६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा स्क्रिप्टको १ करोड १४ लाख ७४ हजार ५५० कित्ता...