म्युचुअल फण्डहरुको नाफा ५९.२४% ले घट्यो, सबैको न्याभमा गिरावट
काठमाण्डौ । म्युचुअल फण्डहरुको नाफामा ५९.२४ प्रतिशतको कमी आएको छ । सञ्चालनमा रहेका ४३ वटा म्युचुअल फण्डले भदौ महिनामा ३ अर्ब ९० करोड ३४ लाख रुपैयाँ मात्रै नाफा कमाएका छन् । यो नाफा अघिल्लो महिनामा साउनको तुलनामा ५९.२४ प्रतिशतले कम हो । साउनमा म्युचुल फण्डहरुले ९ अर्ब ५७ करोड ७३ लाख रुपैयाँ नाफा कमाएका थिए । भदौमा सेयर बजारमा उच्च अंकको गिरावट आउँदा फण्डहरुको नाफा प्रभावित...