उच्च अंकको उछालसँगै नेप्से २६ सय विन्दुमाथि, जानकार भन्छन्, ‘बजारमा ट्रेडरको इन्ट्री’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा उछाल आएको छ । आज नेप्से परिसूचक ४.५७ प्रतिशत अर्थात ११४.७० अंकले बढेर २ हजार ६२३.५६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.३१ प्रतिशतले बढेर ४७०.८१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता सेयर ७ अर्ब ६१ करोड...