करिब ५० अंकले बढेको बजारमा भोल्युम ड्राई अप हुनुलाई कसरी बुझ्ने ?
काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा करिब ५० अंकले बढेर बन्द भएको छ । तर बजार बढ्दा भने कारोबार खासै बढेको छैन । बजार बढ्दा कारोबार नबढ्नुलाई केही लगानीकर्ताहरुले शंकाको दृष्टिले हेरेका छन भने कहीले स्वभाविक रुपमा पनि लिएका छन् । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा ब्याण्डको तल्लो ब्याण्डमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ ।...