भारतको सेयर बजार इतिहासकै उच्च, फेडको ब्याजदर कटौतीले विदेशी लगानी भित्रने विश्वास
काठमाण्डौ । भारतीय सेयर बजारमा आज उच्च अंकको वृद्धि भएको छ । आज भारतको सेयर बजार मापक इन्डेक्स सेन्सेक्स १३ सय अंकले बढेर ८४ हजार ५४४ सय विन्दुमा पुगेको छ । त्यस्तै निफ्टी५० पनि ३७५ संकले बढेर २५ हजार ७९० विन्दुमा पुगेको छ । यो उचाई हालसम्मकै उच्च हो ।