भगवती हाईड्रोपावरको १४.७३६८% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको ४ प्रतिशतले बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।