सरकारी कार्यालयमा बसेर सेयर कारोबार गर्नु अमान्य, अब सरकारी काम मात्रः प्रधानमन्त्री
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा बसेर सेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले अमान्य भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो आधिकारीक फेसबुकमार्फत यस्तो धारणा राखेका हुन् । उनले कर्मचारीले सेयर कारोबार गर्दा सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आएकाले सोही जनगुनासोलाई सम्बोधन गर्दै...