धितोपत्र बजार पूँजीकरण १९.२५%ले वृद्धि, बैंक र बीमा कम्पनीको हिस्सा ५८.४%
काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण १९.२५ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ वैशाख मसान्तसम्म धितोपत्र बजार पूँजीकरण ३१ खर्ब ६९ अर्ब ४८ करोड रुपैयाँ कायम भएको छ । यो रकम गत वर्षको यस अवधिसम्मको तुलनामा १९.२५ प्रतिशतले बढी हो । २०८० वैशाख मसान्तसम्म धितोपत्र बजार पूँजीकरण २६ खर्ब ५७ अर्ब ७६ करोड रुपैयाा कायम थियो । २०८० बैशाख मसान्तमा १८२१.६५ रहेको...