सलिको र एलआइसी नेपालको मात्रै सेयरमूल्य बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ वटा समूहमा हरियाली छाएको छ भने बाँकी ८ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै...