उच्च अंकले घट्यो नेप्से, जानकार भन्छन्,‘बुलभित्रकै करेक्सन’
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको उच्च गिरावट आएको छ । आज नेप्से परिसूचक ३.२० प्रतिशत अर्थात ९०.७३ अंकले घटेर २ हजार ७३९.४६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.२३ प्रतिशतले घटेर ४८८.७१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको २ करोड ६५ लाख ८४ हजार १९२...