आजका शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट उच्च खरिद, २ वटाबाट मात्रै बिक्री
काठमाण्डौ । । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा हरियाली छाएको छ । आज शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै उच्च बिक्री भएको छ । आज पनि नासा सेक्युरिटिजबाट उच्च कारोबार भएको छ । यो ब्रोकरबाट आज ५४ करोड ९७ लाखको खरिद हुँदा ४३ करोड ४५ लाखको बिक्री भएको छ ।