आजका शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद, ३ वटाबाट मात्रै बिक्री
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ३ वटाबाट बिक्री भएको छ । आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३३ करोड ४७ लाखको खरिद र ४६ करोड ६९ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट २६ करोड ५५ लाखको खरिद र २१ करोड ५६ लाखको बिक्री भएको छ ।