शिवम् सिमेन्टसको १४.२५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
काठमाण्डौ । शिवम् सिमेन्टस् लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै गत पुस २७ गते सम्पन्न कम्पनीको ८ औँ वार्षिक साधारणसभाबाट पारित भएको १४.२५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो।

