१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, नेपाल रि इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २४.५० अंकले बढेर २६५७.७७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचक आज बढेका छन् ।