नेप्से परिसूचक र कारोबार दुवैमा उच्च वृद्धि, जानकार भन्छन्, ‘नयाँ गभर्नरको प्रतिक्षामा लगानीकर्ता’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.६२ प्रतिशत अर्थात ६९.८० अंकले बढेर २ हजार ७२७.५८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०६ प्रतिशतले बढेर ४५८.३७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको २ करोड ४८ लाख ४८ हजार ०७९ कित्ता सेयर...