आईसिएफसि फाइनान्सको ऋणपत्रमा ७ गुणा आवेदन
काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडको ऋणपत्रमा ४ दिनमै ७ गुणा आवेदन परेको छ । ७ (सात) वर्षे अवधिको वार्षिक ९ प्रतिशत व्याजदर भएको ‘९% आईसिएफसि फाइनान्स लिमिटेड डिवेञ्चर २०८८’ को प्रति अंकित डिवेञ्चर मुल्य रु. १ हजारको दरले ३ लाख कित्ता माघ ९ गतेदेखि १३ गते सम्म बिक्री खुल्ला गरिएकोमा ७ गुणा बढी आवेदन प्राप्त भएको हो ।