नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार सुरु,आजैदेखि सेयर कारोबार पनि रोक्का
काठमाण्डौ । मर्जरमा गएका नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आजदेखि सुरु भएको छ । मर्ज भएश्चात कायम भएको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको हो । यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् ।